Skip to content
Prabhu

सोमबार सुनको मूल्य स्थिर, कतिमा हुँदै छ किनबेच?

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।  आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।  

त्यसैगरी, सोमबार चाँदीको मूल्य भने पाँच रुपैयाँले बढेको छ। आइतबार प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ। 

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार २४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal