Skip to content
Prabhu

सुनसरीमा भारतीय गाडीबाट १ करोड ८२ लाख नेपाली नक्कली नोट बरामद

विराटनगर । सुनसरी प्रहरीले आइतबार १ करोड ८२ लाख ५१ हजार रुपैयाँ नेपाली नक्कली नोट बरामद गरेको छ । एक हजार रुपैयाँ दरका नक्कली नोट बरामद गरिएको हो ।

इनरुवा नगरपालिका–४ स्थित सुनसरी खोलाको पुलनजिक गाडी खानतलासी गर्दा नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ ।

नक्कली नोटसहित भारतको बीआर११एक्स ३४२९ नम्बरप्लेटको स्कोरपियो र चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी विपीन रेग्मीले जानकारी दिए ।

पक्राउ पर्नेमा भारतको बिहारका २२ वर्षीय मोहमद सैयद छन् । गाडीमा सवार अर्का व्यक्ति भने फरार छन् । गाडी भारतबाटै आएको देखिएको प्रहरीले बताएको छ । पत्रकार सम्मेलनमार्फत उनलाई सार्वजनिक गर्ने तयारी गरिएको एसपी रेग्मीले बताए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal