Skip to content
Prabhu

बजेटको मध्यावधि समीक्षा आज

काठमाडौं । सरकारले बजेटको मध्यावधि समीक्षा आज गर्ने भएको छ । 
अर्थमन्त्री डा प्रकाशरण महतले चालु आर्थिक वर्षको ६ महिनामा भएका उपलब्धीको बारेमा आज जानकारी दिनेछन् । 
अर्थमन्त्रीले लक्ष्य अनुसारको राजस्व संकलन नभएपछि चालु आर्थिक वर्षको लागि लिएको राजस्व संकलनको लक्ष्य घटाउने सम्भावना छ । 
सरकारले बजेटको मध्यावधि समीक्षा गरेपछि नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधि समीक्षा गर्ने छ । 
राष्ट्र बैंकले बैंकहरुमा बढ्दै गएको खराब कर्जा र यसले पुँजीकोषमा पुर्‍याएको क्षतिलाई सम्बोधन गर्ने गरेर नीति संशोधन गर्ने तयारी गरेको छ । 
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal