Skip to content
Prabhu

युनाइटेड अजोड इन्स्योरेन्सको नाफा बढ्यो

nabil

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्म युनाइटेड अजोड इन्स्योरेन्सले १३ करोड १४ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत आर्थिक वर्ष २०७९/८० को ६ महिनाको तुलनामा ४८ प्रतिशतले बढी हो । 

गत आर्थिक वर्ष यस कम्पनीले ८ करोड ९१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । लगानी तथा कर्जाबाट हुने आम्दानी बढ्दा नाफामा सुधार आएको हो । यसको उक्त आम्दानी १० करोड ८२ लाख रुपैयाँबाट बढेर १८ करोड २७ लाख रुपैयाँ  पुगेको छ । उक्त कम्पनीको कुल दावी भुक्तानी ८१ करोड २८ लाख रुपैयाँ रहेको छ । गत वर्ष ४१ करोड ४६ लाख रुपैयाँ थियो । हाल यस इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ९० करोड ४५ लाख ६८ हजार रुपैयाँ रहेको छ । 

युनाइटेड अजोडको बिमा कोषमा ३ अर्ब ५७ करोड रुपैयाँ रहेको छ । पुससम्म यसले ४४ करोड ४० लाख रुपैयाँ बराबरको खुद बिमा शुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको भन्दा ८५.३६ प्रतिशतले बढी हो । गत आर्थिक वर्ष यसले २३ करोड ९५ लाख रुपैयाँ बराबरको बिमा शुल्क आर्जन गरेको थियो । यसको प्रतिसेयर आम्दानी पनि बढेर १३ रुपैयाँ ८५ पैसा कायम भएको छ ।  यसको प्रतिसेयर नेटवर्थ भने १ सय ९४ रुपैयाँ ७४ पैसा रहेको छ । 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal