Skip to content
Prabhu

सानिमा रिलायन्सको नाफा ९६ प्रतिशत बढ्यो

nabil

 

काठमाडौं । चालु आर्थिक वर्ष २०८०र८१ को दोस्रो त्रैमासमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफा ९६.४८ प्रतिशतले बढेर  २१ करोड ९७ लाख ३० हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्ष २०७९र८० को ६ महिनामा भने कम्पनीले ११ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यो ६ महिनामा खुद बिमा शुल्क १३७.०५ प्रतिशतले बढेर २ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ भने लगानी तथा कर्जाबाट हुने आम्दानी ७४ करोड ४५ लाख रुपैयाँ रहेको छ । बिमा कोषको आकार १६.३० प्रतिशतले बढेर १२ अर्ब ६९ करोड रुपैयाँ भन्दा बढी पुगेको छ । यस्तै, रिटेन्ड अर्निङ शीर्षकमा ९२ करोड १५ लाख रुपैयाँ रहेको छ । 

इन्स्योरेन्सको प्रतिसेयर आम्दानी भने ११ रुपैयाँ १८ पैसाले घटेर १० रुपैयाँ ५० पैसा कायम भएको छ । हाल सानिमा रिलायन्सको चुक्ता पुँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँ रहेको छ । 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal