Skip to content
Prabhu

अपर तामाकोशी हाइड्रोपावर झन्डै २६ करोड नोक्सानमा

 

काठमाडौं ।  अपर तामाकोशी हाइड्रोपावरले चालु आर्थिक वर्ष २०८०र८१ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।  गत आर्थिक वर्ष ८२ करोड ४८ लाख रुपैयाँ नोक्सानमा रहेको कम्पनीको यो त्रैमासमा घटेर २५ करोड ७६ लाख रुपैयाँमा आएको छ । 

सो कम्पनीले विद्युत बिक्रीबाट हुने आम्दानी ४ अर्ब ९८ करोड रुपैयाँबाट बढाएर ५ अर्ब ३५ करोड रुपैयाँ पुर्याएको छ । एक वर्षको अवधिमा कम्पनीको कर्मचारी सञ्चालन खर्च भने २० करोड ५३ लाख रुपैयाँबाट बढेर २७ करोड ५१ लाख रुपैयाँ भएको छ । 

हाल यसको चुक्ता पुँजी १९ अर्ब ४७ करोड रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ शीर्षक ७ अर्ब ५७ करोड रुपैयाँ ऋणात्मक छ । पुससम्म हेर्दा कम्पनीको ७२ अर्ब ७७ करोड रुपैयाँ दीर्घकालीन ऋण रहेको छ ।  

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal