Skip to content
Prabhu

चौधरी ग्रुपले भित्र्यायो एवोन ब्रान्डको इभी, मूल्य कति ?

 

काठमाडौं । चौधरी ग्रुपले नयाँ विद्युतीय गाडी ‘आयोन वाई’ नेपाल भित्र्याएको छ । मंगलबार चौधरी ग्रुपले आयोन ब्राण्डको ईभी ‘आयोन वाई’ सार्वजनिक गरेको हो ।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले काठमाडौंको थापाथलीमा एवोन–वाईसहित पहिलो सोरुम उद्घाटन गरे । आकर्षक डिजाइन, विलासी इन्टेरियर, उच्च ग्राउन्ड क्लियरेन्स, अब्बल सुरक्षालगायत कारण धेरैले एवोन–वाई मन पराउने उनको विश्वास छ । 

योसहित सीजीसँग विभिन्न चारवटा ब्रान्डका इलेक्ट्रिक गाडी भएका छन् । एसयुभी डिजाइनको एवोन–वाईमा ६१.५ किलोवाट आवरको लिथियम आयोन फस्फेट ब्याट्री प्रयोग गरिएको छ । गाडीमा सय किलोवाटको मोटर पावर दिइएको छ भने अधिकतम पावर २२५ एनएम टर्क रहेको छ । यो गाडी सिंगल चार्जमा पाँच सय किलोमिटरसम्म कुदाउन सकिने कम्पनीको जनाएको छ ।

एवोन वाइको लम्बाइ ४ हजार ५३५ एमएम, चौडाइ १ हजार ८ ७० एमएम र उचाइ १ हजार ६५० एमएम रहेको छ । यो गाडीको ह्विलबेस २ हजार ७५० एमएम छ । पाँच सिट क्षमताको यस गाडीको अधिकतम स्पिड प्रतिघण्टा एक सय ५० किलोमिटर रहेको छ । ग्राउन्ड क्लियरेन्स एक सय ८० एमएम रहेको बताइएको छ । गाडीमा कि–लेस इन्ट्री, १०.२५ इन्चको इन्स्ट्रुमेन्ट क्लस्टर, १४.६ इन्चको टचस्क्रिन, ६ स्पिकर, इलेक्ट्रिक पावर स्टेरिङ, फ्रन्ट र रियल डिस्क ब्रेकलगायत फिचर छन् । यस्तै, गाडीमा अल्ट्रा लार्ज प्यानारोमिक सनरुफ, स्काइलाइन एलइडी टेल लाइट, एंगल विङ्स एलइडी हेडलाइट प्रयोग गरिएको छ । यस गाडीमा ६.६ किलोवाटको चार्जर उपलब्ध छ ।

उक्त गाडीमा समावेश डेढ दर्जन सुरक्षा फिचरहरूमा टायर प्रेसर मोनिटर, ६ वटा एयर ब्याग, अटो होल्ड, क्रुज कन्ट्रोल, रियल पार्किङ सेन्सर, ३६० डिग्री क्यामरा, एबिएस, ब्रेकिङ इमर्जेन्सी रिकभर सिस्टमलगायत छन् । यो कारको मूल्य नेपाली बजारमा ५४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal