Skip to content
Prabhu

७ महिनामा ५ लाख ५० हजारले पाए ‘अनलाइन’ बाट प्रहरी चारित्रिक प्रमाणपत्र

 

काठमाडौं । नेपाल प्रहरीले चालू आर्थिक वर्षको सात महिनाको अवधिमा पाँच लाख ५० हजार ६० जनालाई अनलाइनबाट प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) उपलब्ध गराएको छ । 

गत साउनदेखि माघसम्मको अवधिमा सात लाख १० हजार नौ सय ४४ नेपाली तथा विदेशी नागरिकबाट अनलाइन आवेदन प्राप्त भएका थिए । प्राप्त आवेदनमध्ये एक लाख ४४ हजार दुई सय १२ वटा आवेदन रद्द भएका थिए भने १६ हजार छ सय ७२ आवेदन कार्यान्वयनको क्रममा रहेका केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । 

प्रहरी रिपोर्टसम्बन्धी काम नेपाल प्रहरी प्रधान कार्यालय सिआरएस (क्रिमिनल रेकर्ड सिस्ट) शाखाको सहयोगमा चालचलन शाखाले गर्दै आएको छ । उक्त शाखा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागअन्तर्गत रहेको छ । विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले आवेदन प्राप्त भएको पाँच दिनभित्रमा चारित्रिक प्रमाणपत्र उपलब्ध गराउँदै आएको बताए।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal