Skip to content

डिप्रोक्स लघुवित्तले १०.५२ प्रतिशत लाभांश दिने

nabil bank

काठमाडौं ।  गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले  १०.५२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।

 

लघुवित्तले हाल कायम चुक्ता पुँजीको १०.५२६३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये १० प्रतिशत बोनस सेयर रहेको छ भने ०.५२६३२ प्रतिशत नगद लाभांश कर प्रयोजनार्थ रहेको छ।

फागुन ३ गते बिहान बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi