काठमाडौं । विशेष अदालतको फैसलासँग सरकारको नाममा करिब १३६ रोपनी जग्गा आउने भएको हो ।
विशेष अदालतले पूर्वउप्रधानमन्त्री विजयकुमार गच्छदार र डम्बरकुमार श्रेष्ठको आरोप दाबी पुग्न नसकेको ठहर गरेर उनीहरूलाई सफाइ दिएको छ । तत्कालीन भूमिसुधार मन्त्री चन्द्रदेव जोशी र तत्कालीन सचिव दिनेशहरि अधिकारीले पनि सफाइ पाएका छन् ।
विशेष अदालतले बालुवटारको सरकारी जग्गामा जफत गर्ने निर्णय गरेको छ । सो अनुसार त्यहाँ अहिले निजी प्रयोजनको लागि भएका जग्गा सरकारको नाममा आउने भएको हो ।
प्रतिक्रिया दिनुहोस्