Skip to content
Prabhu

एनआरएनएको मुख्यालय रहेको भवन र जग्गा सरकारलाई जफत गर्न बाटो खुल्यो

काठमाडौं । सरकारले गैरआवासीय नेपाली संघ(एनआरएनए)को मुख्यालय जफत गर्न बाटो खुलेको छ । 

विशेष अदालतले बालुवाटार जग्गा प्रकरणमा ६५ जनाको नाममा रहेको जग्गा जफत गर्ने फैसला सुनाएको छ । 

बालुवाटारमा रहेको एनआरएनएको मुख्यालय एनआरएनएले व्यवसायी मीनबहादुर गुरुङसँग किनेको थियो । 

विशेषले गुरुङलाई २ वर्ष जेल सजाय सुनाएको छ । 

एनआरएनए जग्गा किन्ने बेला अध्यक्ष शेष घले थिए भने कोषाध्यक्ष बद्रि केसी थिए । 

अहिले एनआरएनएमा आधिकारिताको विषयमा विवाद रहेको छ । सरकारले छानबिन समिति गठन गरेको छ । उच्च अदालतले नवीकरण गर्न फैसला सुनाएको छ । 

संकटमा परेको एनआरएनए अभियानमा निकै आकर्षक मानिएको मुख्यालय समेत अब विवादमा परेको हो । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal