Skip to content
Prabhu

इलेक्ट्रिक लक्जरी ओरा ०३ ईभी किन्दा ५ लाखसम्मको छुट

काठमाडौं । भीजी इम्पेक्स प्रालि, नेपालका लागि जीडब्लूएमका सवारीसाधनहरु (हाभल, पावर, ओरा) का आधिकारिक आयातकर्ता र वितरकले इलेक्ट्रिफाइङ डिलका साथ आफ्नो लोकप्रिय लक्जरी ओरा ०३ इलेक्ट्रिक क्रसओभरको लागि नयाँ बिक्री प्रचार योजना ल्याएकोे छ । 

यस योजनाअन्तर्गत, ग्राहकहरूले ओरा ०३ इलेक्ट्रिक क्रसओभरको खरिदमा ५ लाख बराबरको लाभ लिन सक्नेछन् । यो योजनाको अवधि माघ २८ देखि फागुन ३० (फेब्ररअरी ११, २०२४ देखि मार्च १३, २०२४) सम्म रहेको छ, जसमा ग्राहकहरूले आकर्षक नगद छुट, एक्सचेन्ज बोनस, एक वर्ष सम्मको वृहत बीमा, ७ किलोवाट एसी फास्ट चार्जर र गाडीका एक्सेसरीज प्राप्त गर्न सक्नेछन् ।

ओरा ब्रान्डअन्तर्गत ओरा ०३ ईभीे सबैभन्दा लोकप्रिय मोडलहरू मध्ये एक हो, जुन जि.डब्लु.एमको इलेक्ट्रिक सवारीसाधनमा पर्दछ । यसको रेट्रो– मोर्डन डिजाइन, राम्रो बिल्ड क्वालिटी र आधुनिक सुविधाहरूले भरिपूर्ण भएका कारण अष्ट्रेलिया, न्यूजिल्याण्ड, इङ्गल्याण्ड, जर्मनी, थाइल्याण्ड, इन्डोनेसिया, फिलिपिन्स, दक्षिण अफ्रिका, ब्राजिल, चिली जस्ता देशहरूमा छिटो र धेरै लोकप्रियता पाइरहेकोे छ । 

नेपालमा पनि ओरा ०३ ले आफ्नो अद्वितीय स्टाइल, उत्कृष्ट सवारी गुणस्तर र राम्रो ड्राइभ दायराका कारण छोटो समयमा नै आफ्नो पहिचान बनाउन सफल भएको छ । ओरा ०३ लाई १०० प्रतिशत इलेक्ट्रिक प्लेटफममा डिजाइन गरिएको छ र सुरक्षित फिचरहरु भएकाले ओरा ०३ लार्ई एनक्याप र युरो एनक्याप दुवैबाट फाइभ–स्टार सेफ्टि रेटिङ प्रदान गरिएको छ ।  दुवै एनक्याप र युरो एनक्यापबाट फाइभ स्टार सेफ्टि रेटिङ पाउने केही इलेकिट्रक सवारी सवारीसाधन मध्येमा ओरा ०३ सावित भएको छ ।

जीडब्लूएम नेपालले ८ वर्ष वा १५,०००० किलोमिटर पावर ब्याट्री (उच्च भोल्टेज ब्याट्री) (जुन पहिले आउँछ), ड्राइभ मोटर ओरा ०३ र,  ४ वर्ष वा १५,०००० किलोमिटर सबै गाडीमा प्रदान गर्दैछ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal