Skip to content
Prabhu

अर्थमन्त्रीसँग रिसाए प्रधानमन्त्री, बजेटको आकार घटाएकोमा असन्तुष्टी

 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अर्थमन्त्री डा प्रकाशरण महतसँग असन्तुष्ट बनेका छन् । 

अर्थमन्त्री महतले प्रधानमन्त्री प्रचण्डसँग समन्वय नगरेर बजेटको आकार घटाएकोमा प्रधानमन्त्री असन्तुष्ट बनेका हुन् । 

अर्थमन्त्री महतले मध्यावधि समीक्षा मार्फत बजेटको आकार २ खर्ब २१ अर्बले घटाएका हुन् । 

अर्थमन्त्री महतले चालु आर्थिक वर्षका लागि मन्त्री महतले १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँको बजेट ल्याएका थिए । तर,मध्यावधि समीक्षा मार्फत २ खर्ब २१ अर्बले बजेटको आकार घटाएका हुन् । 

महतले योजना आयोगले दिएको सिलिङभन्दा बढी आकार बजेट ल्याएका थिए । 

स्रोतका अनुसार प्रधानमन्त्री यसरी ठूलो आकारको बजेट घटाउने पक्षमा थिएनन् । अर्थमन्त्रीले समन्वय नगरेर बजेट आकार घटाएकोमा प्रधानमन्त्री अर्थमन्त्रीसँग असन्तुष्ट बनेका हुन् । 

प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय सार्वजनिक रुपमा मन्त्रीहरु परिवर्तन हुने बताउदै आएका छन् । तर,कांग्रेस मन्त्री परिवर्तन गर्न सहमत छैन । 

कांग्रेस सभापति शेरबहादुर देउवा महतले अर्थतन्त्र सुधार गरेको भन्दै उनको निरन्रताको पक्षमा छन् । 

प्रधानमन्त्री प्रचण्ड भने मन्त्री परिवर्तन गरेर अर्थमन्त्रालयले माओवादीले लिने नीतिमा छन् । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal