Skip to content

नेप्सेको वर्गीकरणमा महालक्ष्मी विकास बैंक ‘ए’ वर्गमा पर्न सफल

 

काठमाडौं । महालक्ष्मी विकास बैंक नेपाल स्टक एक्सचेञ्ज लिमिटेडद्वारा बिहीबार जारी गरिएको सूचनाबमोजिम संगठित संस्थाको वर्गिकरणमा  ‘ए’ वर्गमा परेको छ । 

धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम ११ बमोजिम चुक्ता पुँजी कम्तीमा १ अर्ब रुपैयाँ भएको, धितोपत्र सूचीकरण गराएको कम्तीमा ३ वर्ष पूरा भएको, विगत तीन आर्थिक वर्ष लगातार नाफामा रही लाभाशं वितरण गरेको, क्रेडिट रेटिङ्ग संस्थाबाट औसत वा सो भन्दा माथिको रेटिङ्ग प्राप्त गरेको, नियमनकारी निकायले तोकेको ढाँचामा वित्तीय विवरण पेस गरेको तथा आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र वार्षिक साधारणसभा सम्पन्न गरेको संस्थाहरु ‘ए’ वर्गमा पर्ने ब्यवस्था रहेको छ । 

 सोहीबमोजिम महालक्ष्मी विकास बैंक ‘ए’ वर्गमा पर्न सफल भएको बताइएको छ । 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T