Skip to content
Prabhu

नेपाल एयरलाइन्सले सिमकोट–सुर्खेत परीक्षण उडान भर्ने

हुम्ला । नेपाल एयरलाइन्सले यही फागुन ७ गते सिमकोट–सुर्खेत रुटमा परीक्षण उडान गर्ने भएको छ । यसअघि नेपालगञ्ज–सिमकोट–नेपालगञ्ज रुटमा उडान गर्दै आएको एयरलाइन्सले कर्णाली प्रदेशको राजधानी सुर्खेत जोड्ने गरी सिमकोटबाट परीक्षण उडान गर्ने भएको नेपाल एयरलाइन्स सिमकोट स्टेसनका प्रमुख छिरिङ लामाले जानकारी दिए । यसका लागि सबै तयारी पूरा भएको उनको भनाइ छ ।

‘नेपाल एयरलाइन्सको जहाजले नेपालगञ्ज(सिमकोटमा उडान गरेपछि सोही दिन सिमकोट–सुर्खेत परीक्षण उडान हुनेछ’, उनले भने, ‘त्यसपछि सुर्खेत–सिमकोटका लागि यात्रुसहितको उडान भर्ने तालिकाको तयारी भइरहेको छ ।’ यद्यपि अझै भाडा कति निर्धारण भने भइसकेको छैन । 

सिमकोट–सुर्खेत हवाई उडान हुने भएपछि हुम्लाबासीलाई सहज हुने भएको स्थानीय गोर्ख रोकायाले बताए । ‘सिमकोट(सुर्खेत उडान सुरु भएपछि हुम्लाबाट नेपालगञ्ज र नेपालगञ्जबाट सुर्खेत जानुपर्ने बाध्यता हट्नेछ’, उनले भने । सिमकोटबाट नेपालगञ्ज जान जहाजमा ४५ मिनेट लाग्छ भने नेपालगञ्बाट सुर्खेत पुग्न चार घण्टा लाग्छ । अब सिधै प्रदेश राजधानी सुर्खेत पुग्न नियमित उडान भए ३५ मिनेट पुग्न सकिने रोकायाको भनाइ छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal