Skip to content
Prabhu

सेन्ट्रल फाइनान्सले पनि गर्‍यो लाभांश नदिने घोषणा

काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेन्ट्रल फाइनान्स लिमिटेडले लाभांश वितरण नगर्ने घोषणा गरेको छ । 

उक्त फाइनान्सको शुक्रबार बसेको सञ्चालक समिति ३३५ औं बैठकले गत आर्थिक वर्ष २०७८र७९को नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । 

उक्त बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेस गर्ने निर्णय गरेको हो । फाइनान्सले आर्थिक वर्ष २०७८/७९ मा भने ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal