Skip to content
Prabhu

आइतबार सुन–चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुन प्रतितोला ५ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १७ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १७ हजार १ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि २० रुपैयाँले बढेको छ। शुक्रबार प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १ हजार ४ सय ३० रूपैयाँमा किनबेच भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार १३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal