Skip to content
Prabhu

सामसङले नेपालले ल्यायो ‘ग्यालेक्सी ए १५ ५जी’, मूल्य कति ?

काठमाडौं । सामसङ ग्लोक्सीले नेपालमा ग्यालेक्सी ए १५ ५जी ल्याएको छ । ग्लोक्सी ए सिरिज अन्तरगर्तको आधुनिक प्रविधि जडित ए १५ ५ जी मूल्यमा समेत किफायती रहेको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार ए १५ ५ जीको आगमन सामसङको नवप्रवर्तनको अथक प्रयासको प्रमाण हो ।

यो डिभाइसमा एफडीए प्लस रेजोल्युसन भएको ६.५ इन्चको उत्कृष्ट सुपर अमोल्डेड इन्फिनिटी–यु डिस्प्ले छ । जसले जीवन्त दृश्यहरू र स्पष्ट विवरणहरू प्रदान गर्ने बताइएको छ । ९० एचजेड रिफ्रेस रेटको कारणले यसलाई स्क्रोल गर्दा, ट्याप गर्दा वा स्वाइप गर्दा सहज र प्रतिक्रियात्मक अनुभव हुन्छ ।

कुनै कार्यक्रम, खेल खेल्दा वा इन्टरनेट ब्राउज गर्दा डिस्प्लेले सबै कुरा जीवन्त र स्पष्ट देखिने बताइएको छ। अत्याधुनिक मिडिया टेक डाइमेन्सिटि ६१०० प्लस चिपसेट, मल्टिटास्किङ र गेमिङ अनुभवद्वारा सञ्चालित,यसमा उद्भूत पर्फमेन्स र द्रुत ५ जी कनेक्टिभिटीका लागि अक्टा–कोर प्रोसेसर छ । यो फोनलाई सबै डिजिटल सामग्रीका लागि मल्टिटास्किङ गर्न र पर्याप्त स्टोरेज प्रदान गर्न डिजाइन गरिएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal