Skip to content
Prabhu

एक वर्षमा जगदम्बा मोटर्सको व्यापार ७ अर्ब ८१ करोड

काठमाडौं । सन् २०२३ मा जगदम्बा मोटर्स प्रालिले  ७ अर्ब ८१ करोड २० लाख रुपैयाँ व्यापार गरेको रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले जनाएको छ । 

उक्त कम्पनीको सन् २०२२ को तुलनामा ४२.६३ प्रतिशतले कम हो । सन् २०२२ मा कम्पनीले १३ अर्ब ६१ करोड ८० लाख, सन् २०२१ मा १३ अर्ब १३ करोड र सन् २०२० मा कम्पनीले ६ अर्ब ६५ करोड रुपैयाँ बराबरको व्यापार गरेको थियो । 

उक्त कम्पनीको समग्र अर्थतन्त्रमा सुस्तता, प्रत्यक्ष लागतमा भएको वृद्धि र न्यून मूल्य प्राप्तिका कारणले कम्पनीको आम्दानी घटेको जनाइएको छ ।यो कम्पनीले ५ अर्ब ३८ करोड ८१ लाख रुपैयाँ कर्जाको लागि रेटिङ पुनः पुष्टि गराएको छ । 

यसले लङ ट्रम कर्जा १ अर्ब १८ करोड ५४ लाख रुपैयाँका लागि ‘आइआरएन बीबीबी प्लस’ र सर्ट ट्रम ४ अर्ब २० करोड २६ लाख कर्जाका लागि ‘आइआरएन ए२’ पुनः पुष्टि गराएको छ । जगदम्बा मोटर्स नेपालका लागि टीभीएस मोटर्सको एकमात्र आधिकारिक वितरक हो । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal