Skip to content
Prabhu

मेलम्ची आयोजनामा भ्रष्टाचारः पूर्वसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा पूर्वसचिवहरूसहित १५ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

मेलम्ची खानेपानी आयोजनाको निर्माण कम्पनी सिएमसीलाई काम नै नगरी भुक्तानी गरेको पाइएकाले परामर्शदाता तथा निर्माण कम्पनीमाथि सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरेको पाइएकाले मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

आयोगले पूर्वसचिव सञ्जय शर्माविरुद्ध  छ करोड ९७ लाख ८३ हजार एक सय ७८ रुपैयाँ, सचिव मुकुन्दप्रसाद पौडेलविरुद्ध पनि समान बिगो दाबी गरेको छ । खानेपानी मन्त्रालयका तत्कालीन सचिव भीमप्रसाद उपाध्याय विरुद्ध चार करोड ११ लाख ३४ हजार दुई सय ७९ रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ ।

खानेपानी मन्त्रालयका तत्कालीन सचिव गजेन्द्रकुमार ठाकुरविरुद्ध  ६० करोड ४९ लाख १९ हजार आठ सय ८४ बराबरको रुपैयाँ बिगो दाबी गरिएको छ । मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड सदस्य रुद्रसिंह तामाङविरुद्ध  ११ करोड नौ लाख १७ हजार चार सय ५८ रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ ।  

आयोगले मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड सदस्य चन्द्रबहादुर थापाविरुद्ध  ७१ करोड ५८ लाख ३७ हजार छ सय ४३ रुपैयाँ, मेलम्ची खानेपानी विकास समितिका तत्कालीन कार्यकारी निर्देशक घनश्याम भट्टराईविरुद्ध रु २२ करोड ७५ लाख १९ हजार आठ सय ९६ रुपैयाँ बराबरको बिगो दाबीका मुद्दा दायर गरेको छ । 

मेलम्ची खानेपानी विकास समितिका तत्कालीन कार्यकारी निर्देशक रामचन्द्र देवकोटा विरुद्ध  ३२ करोड ३५ लाख ६१ हजार छ सय ६३ रुपैयाँ बराबरको बिगो दाबी गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ । 

मेलम्ची खानेपानी विकास समितिका तत्कालीन कार्यकारी निर्देशक सूर्यराज कँडेलविरुद्ध  ८९ करोड आठ लाख ९८ हजार दुई सय ८५ रुपैयाँ, समितिका तत्कालीन उपसचिव मणिभद्र न्यौपानेविरुद्ध  ३२ करोड ३५ लाख ६१ हजार छ सय ६३ रुपैयाँ, लेखा अधिकृत रामचन्द्र न्यौपानेविरुद्ध  ३२ करोड ३५ लाख ६१ हजार छ सय ६३ रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ । 

तत्कालीन उपसचिव बेगनाथ पौडेलविरुद्ध  ३२ करोड ३५ लाख ६१ हजार छ सय ६३ रुपैयाँ, तत्कालीन उपसचिव केदारप्रसाद अर्यालविरुद्ध ४४ करोड ७३ लाख ७३ हजार ७२ रुपैयाँ, समितिका उपकार्यकारी निर्देशक भोजविक्रम थापाविरुद्ध  ३२ करोड ३५ लाख ६१ हजार छ सय ६३ रुपैयाँ बराबरको बिगो दाबी गरेको छ ।

परामर्शदाता कम्पनीका ‘डिपुटी टिम लिडर’ शिवकुमार शर्माविरुद्ध  ४८ करोड ३६ लाख सात हजारु पाँच सय ८० रुपैयाँ, परामर्शदाता कम्पनी  इप्टिसालाई  ८७ करोड ५८ लाख ८३ हजार तीन सय ६०रुपैयाँ र निर्माण कम्पनी सिएमसीलाई  ६५ करोड १४ लाख ५७ हजार चार सय १० रुपैयाँ बराबरको बिगो दाबी गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए  । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal