Skip to content

मंगलबार सामान्य अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

nabil bank

काठमाडौं । नेप्से परिसूचक मंगलबार १.७६ अंक घटेर २०३३.०६ विन्दुमा झरेको छ। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ०.८८ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.२१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३० अंक घटेको छ।

नेप्से निरन्तर ओरालो लागेपछि कारोबार रकम पनि घट्दो क्रममा रहेको छ। आइतबारको कारोबार दिन ३ अर्ब ७७ करोडको सेयर कारोबार भएको बजारमा आज ३१४ स्टकको ७६ हजार ८०३ पटकको कारोबारमा ३ अर्ब ११ करोड ३५ लाख रुपैयाँ बराबरको ९३ लाख ४२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

नेप्से घटे पनि दुई स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज बोटलर्स नेपाल (बालाजु) र समाज लघुवित्तको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ को इकाईमूल्य ८.२७ प्रतिशत बढेको छ। कारोबारमा आएको ग्रीनलाइफ हाइड्रोपावरको सेयर भने यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।  किसान लघुवित्तको सेयरमूल्य  ७.७१ प्रतिशतले घटेको छ।

१३ उपसमूहमध्ये  ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। आज अन्य उपसमूहको परिसूचक सर्वाधिक १.१० प्रतिशत बढेको छ। त्यस्तै, विकास बैंक, वित्त, लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन बढेको हो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi