Skip to content
Prabhu

उपसभापति खड्काको नीति प्रस्तावः जिम्मेवार कांग्रेस, समुन्नत देश

nabil

ललितपुर । नेपाली कांग्रेसको जारी महासमिति बैठकको  बन्दसत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेस गरेका छन् । 

ललिपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी महासमिति बैठकमा प्रस्ताव प्रस्तुत गर्दै उपसभापति खड्काले कांग्रेसको आन्तरिक जीवन तथा राष्ट्रिय सन्दर्भमा उठेको प्रश्न र अप्ठ्याराको समाधान खोज्न महासमितिले नीतिगत निर्णय गर्दै अघि बढ्ने बताए ।

जिम्मेवार नेपाली कांग्रेसः समुन्नत देश नारा दिएर नेपाली कांग्रेसको राजनीतिक नीतिलाई अघि बढाइएको उपसभापति खड्काले जानकारी दिए ।

उनले भने, ‘मुलुकका विभिन्न युगान्तकारी परिवर्तनमा कांग्रेसको सन्तुलित समयन्वयकारी र सर्वस्वीकार्य राजनीतिक नेतृत्व भूमिका विचार र नीति निर्णायक रहँदै आएको छ ।’ उनले भ्रष्टचारविरुद्ध शून्य सहनशीलता अपनाउँदै आफ्ना हरेक गतिविधलाई पारदर्शी बनाउने अठोट गर्नुपर्ने प्रतिवेदन पेस गर्दै जानकारी दिए ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal