काठमाडौं । नेपाली बजारमा मंगलबार सुन–चाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ४ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
सुन सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो। त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि स्थिर रहेको छ।
सोमबार प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार २० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्