Skip to content
Prabhu

निर्वाचनमा एआईको चुनौती, डिपफेक भिडियो र अडियोको डर

एजेन्सी । पाकिस्तानमा हालै सम्पन्न निर्वाचनमा इमरान खानको पार्टी तेहरिक ए इन्साफ (पीटीआई)समर्थित स्वतन्त्र उम्मेदवारहरु हावी भए । 

पीटीआईका पूर्वअध्यक्ष खान जेलमा रहेको र पार्टीलाई निर्वाचनमा भाग लिन प्रतिबन्ध गरेको अवस्थामा पनि यसरी ठूलो जित हासिल गर्नुको पछाडि आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को ठूलो हात थियो । अर्थात् निर्वाचनमा एआईका माध्यमबाट जेलमा रहेका  खानको सन्देश कसरी मतदातामाझ पु¥याइयो त्यो महत्वपूर्ण थियो । 

निर्वाचन आउनु अगाडि नै जेलमा पुगेका खानको निर्वाचन रणनीतिमा साथ दिए अमेरिकाको सिकागो बस्ने पार्टीका सोसल मिडियाको नेतृत्व गर्ने इलायसले । गत डिसेम्बरमा इलायसलाई एआईको प्रयोग गर्नेबारे आइडिया फुरेको थियो । त्यही आइडिया लिएर उनी वकिलका साथ खानलाई भेट्न जेल पुगेका थिए । 

खान जेलमा भइसकेपछि उनी समर्थित जनताहरुलाई सभा र र्याली गर्न पनि दिइएको थिएन । अर्थात् उनीहरुका हरेक जसो कार्यक्रममा दबाब दिइँदै आइएको थियो । त्यसैले इलायसले भर्जुअल र्यालीको सोच बनाएका थिए । अर्र्थात् भौतिक रुपमा उपस्थित हुन नसके पनि भिडियोमार्फत खानको सन्देश प्रत्येकका हातहातमा पुर्याउने । यसका लागि उनीहरुले खानका पहिलेका भिडियो क्लिपको प्रयोग गरे । त्यसबाहेक खानले जेलबाट कागजको चिर्कटोमा लेखेर दिएको सन्देशलाई एआईको माध्यमबाट खानकै बोलीमा उस्तै अन्दाजमा पढ्न लगाएर एउटा चार मिनेट लामो भिडियो तयार बनाए । जुन भिडियो निर्वाचनका लागि निकै फाइदाजक भयो ।

एआईको प्रयोगबाट निकै कम खर्चमा प्रत्येकका हातहातमा पुग्न सकिने भएकाले निकै सहज भएको थियो । मतदाताबाट पनि यो भिडियोबारे निकै सकारात्मक प्रतिक्रिया पाएको इलायसको भनाइ छ । 

तर पछिल्लो समय निर्वाचनमा एआईको जति सदुपयोग भइरहेका छ त्योभन्दा बढी दुरुपयोग हुने हो कि भन्ने चिन्ता पनि थपिन थालेको छ ।

एआईललाई टेक्नोलोजीको भविष्य मानिएको छ । तर हालैका दिनमा यसमार्फत बनाइएका डिप फेक भिडियो र अडियोको संख्या बढेको छ । आगामी महिनामा विश्वका ६० वटा देशमा निर्वाचन हुँदैछ । त्यसैले ती निर्वाचनमा एआईको दुरुपयोग बढ्ने हो कि भन्नेमा पनि ठूलो चिन्ता थपिएको छ । फेक भिडियो र अडियोमार्फत मतदातालाई भ्रममा पार्ने प्रयासतर्फ चिन्ता व्यक्त गर्न थालिएको छ । 

निर्वाचनमा डिफफेक भिडियोको निर्माणले मतदातालाई मात्रै नभइ सुरक्षामा पनि गम्भीर समस्या उत्पन्न हुने चेतावनी दिइएको छ । यसबाट आगामी केही महिनाभित्र हुने ६० वटा देशका निर्वाचनमा भाग लिने २ अर्ब मानिस प्रभावित हुनसक्ने देखिएको छ । 

किनभने केही समय अघि अमेरिकाको राष्ट्रपतिका लागि हुन प्रारम्भिक  निर्वाचनमा राष्ट्रपति जो वाइडेनको फेक अडियो क्लिप निकै भाइरल बन्यो । सो अडियोमा बाइडेनले मतदातालाई डोनाल्ल्ड ट्रम्पलाई मतदात नगर्न आह्वान गरिएको थियो । अमेरिकाकी डेपुटी अटर्नी जनरल लीसा मोनाकोले यसप्रकार एआईको दुरुपयोग गरी डिपफेक भिडियो बनाउने क्रम बढ्दै गए मानिसहरुले सूचनाका स्रोतमा भर पर्न बन्द गर्न सक्छन् । उनीहरुलाई मतदाताविरुद्ध सल्लाह दिन पनि सकिन्छ र भ्रम पैदा गर्ने र हिंसा फैलाउन पनि सकिन्छ । एआईलाई प्रदर्शन भड्काउनका लागि पनि प्रयोग गरिएको पाइन्छ । जस्तै अमेरिकामा केही समय अगाडि भएको निर्वाचनमा पनि यसैप्रकारको प्रयास गरिएको थियो । 

अमेरिकामा एआईको माध्यमबाट गरिने अपराध रोक्नका लागि कडा कानून ल्याउने समेत तयारी भइरहेको छ । अहिले अमेरिकामा बन्दुकमार्फत हुने हिंसालाई कडा अपराध मानेर कानून तयार बनाइएको छ भने अब पनि एआईका सन्दर्भमा पनि त्यस्तै कडा कानून बनाउने तयारी भइरहेको छ ।

जानकारहरु एआईको दुरुपयोगले लोकतन्त्रमाथि नै खतरा पर्ने वा यसलाई केही हदसम्म धक्का दिनसक्ने पनि बताउँछन् ।  एआईमार्फत बनाइने डिप फेकका कारण असली र नक्कली छुट्याउन पनि गाह्रो हुने अवस्था देखिएको छ । सत्य र भ्रमबीचको अन्तर छुट्याउन नसकिने पनि हुनसक्छ । 

डिपफेकको सिकार हुनेमा लण्डनका मेयर सादिग खान पनि छन् । गत महिना बनाइएको उनको डिप फेक अडियोका कारण विरोध हुनुका साथै प्रदर्शन पनि भयो । सो अडियोमा लण्डनको मेट्रो पुलिस आफ्नो नियन्त्रणमा रहेको उनीहरुले आफ्नो निर्देशन पालना गर्ने भन्दै धम्कीपूर्ण भाषा प्रयोग गरिएको थियो । यो अडियो क्लिप त्यो बेला आएको थियो जुन बेला प्यालिटेनीहरुको समर्थनमा प्रदर्शन गर्ने वा गर्ने भन्ने विषयमा राजनीतिक दलबीच विवाद कायमै थियो । गत ११ नोभेम्बरमा आएको त्यो फेक अडियोले विवादलाई बढावा दिएको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal