Skip to content

काठमाडौँ महानगरले भन्यो– सात दिनभित्र ललितानिवास छाड्नु

nabil bank

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बालुवाटारस्थित ललिता निवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा संघ संस्थालाई त्यहाँबाट हट्न सूचना जारी गरेको छ । महानगरले सात दिनभित्र सो क्षेत्रबाट हटी सरकारी सम्पत्तिको संरक्षण तथा उचित प्रबन्ध गर्ने कार्यमा महानरपालिकालाई सहयोग गर्न अनुरोध गरेको हो । 

महानगरले आज एक सूचना प्रकाशित गरी विषेश अदालतले सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरी भ्रष्टाचार गरेकोमा यही फागुन ३ गते गरेको फैसलाबाट काठमाडौँ महानगरपालिका वडा नं ४ बालुवाटारस्थित ललिता निवास क्षेत्रको सरकारी जग्गा जगफ भएको जनाएको छ । 

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद १३ स्थाानीय तहको सम्पत्तिको संरक्षणसम्बन्धी व्यवस्था अन्तर्गत दफा ९७ (१) ले काठमाडौँ महानगरपालिका क्षेत्रभित्र रहेका सरकारी, सामुदायिक तथा सार्वजनिक सम्पत्तिको रेखदेख, मर्मत सम्भार तथा अन्य प्रबन्ध गर्नुपर्ने कानूनी दायित्व महानगरपालिकालाई तोकेको सूचनामा भनिएको छ । 

महानगरले यो सूचना प्रकाशित भएको सात दिनभित्र उक्त ललिता निवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा संघ संस्था हट्न र नहटेमा प्रचलित कानून बमोजिम हटाई सरकारी जग्गा तथा सम्पत्ति संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गरिने समेत उल्लेख गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime