Skip to content
Prabhu

लघुवित्तपीडित गभर्नर अधिकारीको राजीनामा माग गर्दै बालुवाटार पुगे

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै लघुवित्तपीडितरू बालुवाटार पुगेका छन् । लघुवित्तले दिएको सामूहिक ऋण मिनाहा गर्नुपर्ने, कालोसूचीमा परेकाको धितो फुकुमा गर्नुपर्ने उनीहरूको माग छ। वित्तीय अपराध बन्द गर्न पनि उनीहरूले माग गरेका छन् । 

नेपालका विभिन्न क्षेत्रबाट पैदलै उनीहरू काठमाडौं आएका छन् । उनीहरूले सामन्तीका रूपमा रहेको लघुवित्त र वित्तीय संस्था खारेज गर्न, समाजवादी अर्थतन्त्रको विकास गर्न, धितो लिलाम फुकुवा गर्न, आमगरिब किसानलाई निःशुल्क ऋणको व्यवस्था गर्नुपर्ने लगायत नौ बुँदे माग अघि सारेका छन् ।

लघुवित्त र मिटरव्याजले जग्गा–जमिन नै लिलाम गर्ने अवस्था आएकाले हामी न्याय माग्न काठमाडौं आएको उनीहरूको भनाइ छ । लघुवित्तपीडितले आफ्ना माग पूरा नभएसम्म घर नफर्किने बताएका छन् ।

सरकारले तीन वर्षदेखि आश्वासन दिए पनि माग पूरा नगरेको पीडितहरूको गुनासो छ । गत चैतमा पैदलयात्रा गर्दै काठमाडौं आएर पीडितहरूले धर्ना दिएपछि सरकारले विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा मिटरब्याजपीडित जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले प्रतिवेदन बुझाए पनि सरकारले अझैसम्म न्याय नदिएको उनीहरूको गुनासो छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal