Skip to content
Prabhu

डिपफेक रोक्न ह्वाट्सएपले हेल्पलाइन सुरु गर्ने

  

एजेन्सी । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)बाट निर्मित डिपफेक भिडियो अडियोसम्बन्धी
समस्या समाधान गर्नका लागि ह्वाट्सएपले चाँडै हेल्पलाइन सुरु गर्ने भएको छ । यसका लागि
ह्वाट्सएपको माउ कमम्पनी मेटा र मिसइन्फरमेसन अलायन्सले सहकार्य गर्ने छन् ।

               यो हेल्पलाइन च्याटबक्सका
रुपमा हुनेछ । जुन अंग्रेजीका साथै तीन स्थानीय भाषामा हुनेछ । भारतमा यो सेवा हिन्दी
,
तमिल र तलगुमा हुनेछ  च्याटबक्सका माध्यमबाट म्यासेज, इमेज तथा भिडियो पठाएर एसको
जाँचका  लागि रिपोर्ट गर्न सकिनेछ । ह्वाट्सएप
हेल्पलाइनका माध्यमबाट उजुरी गर्नेप्रति एक डिपफेक एनलाइसिस युनिट स्थापित गरिनेछ ।

               मेटामा पब्कि पोलिसी इन्डियाका
निर्देशन शिवनाथ ठुकरालले एआईका माध्यमबाट हुने मिस इन्फरमेशनका चिन्ता पहिचान र समस्या
समधानका लागि सबैको सहकार्य जरुरी रहेको बताए । साथै एमसीए भारतका अध्यक्ष भरत गुप्ताले
डिपफेक युनिट भारतमा सोसल मिडिया तथा इन्टरनेट प्रयोगकर्ताका बीच एआईबाट तयार हुने
गलत जानकारी फैलिनबाट रोक्नका लागि जरुरी रहेको बताए ।

 एआईको चुनौती  

पाकिस्तानमा हालै सम्पन्न निर्वाचनमा इमरान खानको पार्टी तेहरिक ए इन्साफ (पीटीआई)समर्थित
स्वतन्त्र उम्मेदवारहरु हावी भए ।

                पीटीआईका पूर्वअध्यक्ष खान
जेलमा रहेको र पार्टीलाई निर्वाचनमा भाग लिन प्रतिबन्ध गरेको अवस्थामा पनि यसरी ठूलो
जित हासिल गर्नुको पछाडि आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को ठूलो हात थियो । अर्थात्
निर्वाचनमा एआईका माध्यमबाट जेलमा रहेका  खानको
सन्देश कसरी मतदातामाझ पु
¥याइयो त्यो महत्वपूर्ण थियो ।

               निर्वाचन आउनु अगाडि नै जेलमा
पुगेका खानको निर्वाचन रणनीतिमा साथ दिए अमेरिकाको सिकागो बस्ने पार्टीका सोसल मिडियाको
नेतृत्व गर्ने इलायसले । गत डिसेम्बरमा इलायसलाई एआईको प्रयोग गर्नेबारे आइडिया फुरेको
थियो । त्यही आइडिया लिएर उनी वकिलका साथ खानलाई भेट्न जेल पुगेका थिए ।

               खान जेलमा भइसकेपछि उनी समर्थित
जनताहरुलाई सभा र र्याली गर्न पनि दिइएको थिएन । अर्थात् उनीहरुका हरेक जसो कार्यक्रममा
दबाब दिइँदै आइएको थियो । त्यसैले इलायसले भर्जुअल र्यालीको सोच बनाएका थिए । अर्र्थात्
भौतिक रुपमा उपस्थित हुन नसके पनि भिडियोमार्फत खानको सन्देश प्रत्येकका हातहातमा पुर्याउने
। यसका लागि उनीहरुले खानका पहिलेका भिडियो क्लिपको प्रयोग गरे । त्यसबाहेक खानले जेलबाट
कागजको चिर्कटोमा लेखेर दिएको सन्देशलाई एआईको माध्यमबाट खानकै बोलीमा उस्तै अन्दाजमा
पढ्न लगाएर एउटा चार मिनेट लामो भिडियो तयार बनाए । जुन भिडियो निर्वाचनका लागि निकै
फाइदाजक भयो ।

               एआईको प्रयोगबाट निकै कम
खर्चमा प्रत्येकका हातहातमा पुग्न सकिने भएकाले निकै सहज भएको थियो । मतदाताबाट पनि
यो भिडियोबारे निकै सकारात्मक प्रतिक्रिया पाएको इलायसको भनाइ छ ।

               तर पछिल्लो समय निर्वाचनमा
एआईको जति सदुपयोग भइरहेका छ त्योभन्दा बढी दुरुपयोग हुने हो कि भन्ने चिन्ता पनि थपिन
थालेको छ ।

               एआईललाई टेक्नोलोजीको भविष्य
मानिएको छ । तर हालैका दिनमा यसमार्फत बनाइएका डिप फेक भिडियो र अडियोको संख्या बढेको
छ । आगामी महिनामा विश्वका ६० वटा देशमा निर्वाचन हुँदैछ । त्यसैले ती निर्वाचनमा एआईको
दुरुपयोग बढ्ने हो कि भन्नेमा पनि ठूलो चिन्ता थपिएको छ । फेक भिडियो र अडियोमार्फत
मतदातालाई भ्रममा पार्ने प्रयासतर्फ चिन्ता व्यक्त गर्न थालिएको छ ।

               निर्वाचनमा डिफफेक भिडियोको
निर्माणले मतदातालाई मात्रै नभइ सुरक्षामा पनि गम्भीर समस्या उत्पन्न हुने चेतावनी
दिइएको छ । यसबाट आगामी केही महिनाभित्र हुने ६० वटा देशका निर्वाचनमा भाग लिने २ अर्ब
मानिस प्रभावित हुनसक्ने देखिएको छ ।
 

              किनभने केही समय अघि अमेरिकाको
राष्ट्रपतिका लागि हुन प्रारम्भिक  निर्वाचनमा
राष्ट्रपति जो वाइडेनको फेक अडियो क्लिप निकै भाइरल बन्यो । सो अडियोमा बाइडेनले मतदातालाई
डोनाल्ल्ड ट्रम्पलाई मतदात नगर्न आह्वान गरिएको थियो । अमेरिकाकी डेपुटी अटर्नी जनरल
लीसा मोनाकोले यसप्रकार एआईको दुरुपयोग गरी डिपफेक भिडियो बनाउने क्रम बढ्दै गए मानिसहरुले
सूचनाका स्रोतमा भर पर्न बन्द गर्न सक्छन् । उनीहरुलाई मतदाताविरुद्ध सल्लाह दिन पनि
सकिन्छ र भ्रम पैदा गर्ने र हिंसा फैलाउन पनि सकिन्छ । एआईलाई प्रदर्शन भड्काउनका लागि
पनि प्रयोग गरिएको पाइन्छ । जस्तै अमेरिकामा केही समय अगाडि भएको निर्वाचनमा पनि यसैप्रकारको
प्रयास गरिएको थियो ।
 

              अमेरिकामा एआईको माध्यमबाट
गरिने अपराध रोक्नका लागि कडा कानून ल्याउने समेत तयारी भइरहेको छ । अहिले अमेरिकामा
बन्दुकमार्फत हुने हिंसालाई कडा अपराध मानेर कानून तयार बनाइएको छ भने अब पनि एआईका
सन्दर्भमा पनि त्यस्तै कडा कानून बनाउने तयारी भइरहेको छ ।
 

              जानकारहरु एआईको दुरुपयोगले
लोकतन्त्रमाथि नै खतरा पर्ने वा यसलाई केही हदसम्म धक्का दिनसक्ने पनि बताउँछन् ।  एआईमार्फत बनाइने डिप फेकका कारण असली र नक्कली
छुट्याउन पनि गाह्रो हुने अवस्था देखिएको छ । सत्य र भ्रमबीचको अन्तर छुट्याउन नसकिने
पनि हुनसक्छ ।
 

              डिपफेकको सिकार हुनेमा लण्डनका
मेयर सादिग खान पनि छन् । गत महिना बनाइएको उनको डिप फेक अडियोका कारण विरोध हुनुका
साथै प्रदर्शन पनि भयो । सो अडियोमा लण्डनको मेट्रो पुलिस आफ्नो नियन्त्रणमा रहेको
उनीहरुले आफ्नो निर्देशन पालना गर्ने भन्दै धम्कीपूर्ण भाषा प्रयोग गरिएको थियो । यो
अडियो क्लिप त्यो बेला आएको थियो जुन बेला प्यालिटेनीहरुको समर्थनमा प्रदर्शन गर्ने
वा गर्ने भन्ने विषयमा राजनीतिक दलबीच विवाद कायमै थियो । गत ११ नोभेम्बरमा आएको त्यो
फेक अडियोले विवादलाई बढावा दिएको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal