Skip to content
Prabhu

टेस्लाको मोडल थ्री नेपाली बजारमा

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा केही समय अगाडि मात्रै आएको टेस्ला मोडल थ्रीको २०२४ भर्सन नेपाली बजारमा आएको छ । 

हामी अरेट इन्टरनेशल सधै लक्जरी गाडी नेपाल ल्याएर ग्राहकको चाहना पुरा गर्न प्रतिवद्ध छौं, त्यसैअनुरुप अन्तर्राष्ट्रिय बजारमा आएको केही महिना भित्रै मोडल थ्री नेपाल ल्याएका हौं । 

टेस्लाले पहिलो पटक ठूलो र उत्कृष्ट परिमार्जनसहित बजारमा ल्याएको यस मोडल थ्री लग्जरी इलेक्ट्रीक कार बर्गमा सर्वोत्क्रिष्ट स्थान मा पर्दछ।

टेस्ला मोडल थ्री विश्व बजारमा सर्वाधिक बिक्री हुने मध्येको एक मोडल हो , त्यसमा पनि ठूलो परिमार्जनसहित नेपाल आएको यो नयाँ कार मोडल थ्री को रिफ्रेस्द भर्सन हो।

फराकिलो ३६० डिग्री को दृश्य देखिन सक्ने मूनरुफ, उत्कृष्ट नयाँ डिजाइनको एम्बीयन्ट लाइट, भेगन सिट, फ्यूचरिष्टीक बडी डिजाइन, भरपुर सुरक्षा फिचर, बाहिरी अनावश्यक साउन्ड प्रुफ क्याविनको कारण यस नयाँ मोडल थ्रीले विश्वभर चर्चा पाउन सफल भएको छ।

पहिलो पटक कूलिंग सहितको भेन्तिलेतेद सीट रहेको यस भर्सनमा प्रयोग गरिएको सीट म्याटेरिएल पनि पूर्ण रुपमा क्याक्टस बाट निर्मित, दाग प्रतिरोधी (स्टेनलेस) लेडर हो। एरो डाइनमिक र वाटर सिंक प्रुफ सहितको विशेषता रहेको यस कार, सुरक्षाको द्रिस्तिकोण मा अन्तर्राष्ट्रिय (एन एच टी सी ए)  बाट ५ स्टार को रेतिंग प्राप्त गरेको छ। 

 कालो सेतो र काठको कलरबाट सजिएको भित्रि भागमा निकै स्लीम डिजाइनमा बनेको ड्यासबोर्ड यसमा पाउन सकिन्छ। ड्यासबोर्डमा दिइएको १५.४ इन्चको इन्फर्मेशन डिस्प्लेबाटै कारको हरेक कुरा नियन्त्रण गर्न सक्दछौं। यस मोडलमा कुनै पनि बटम ड्यास बोर्डमा छैन। यहाँसम्म कि गियर नब पनि डिजिटल नै उपलब्ध रहेकोछ। गियर शिफ्तिंग, इण्डिकेतर प्रयोग लगायत का फंक्सन हरु समेत डिजिटल रुपमा उपलब्ध रहेको ले यसको इण्टेरिएर अझ फराकिलो र सुन्दर बनेको छ। 

पछाडि बस्ने प्यासेन्जरको लागिसमेत छुट्टै ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम यस मोडलमा पाउन सकिन्छ। सबै लाइट एलइडी रहेको कारमा १९ ईन्चको आकर्षक अलोय ह्वील दिइएको छ। यो कार रातो, कालो, निलो, सेतो र खरानी कलरमा उपलब्ध रहने छ।  एडास फिचरमा पर्ने सम्पूर्ण सुरक्षा फिचर यसमा दिइएको छ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal