Skip to content
Prabhu

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा काठमाडौंको स्वयम्भू र बालाजुमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा २ वटा नयाँ शाखा विस्तार गरेको छ । 

बैंकले काठमाडौं महानगरपालिका–१५ मा स्वयम्भू शाखा र काठमाडौं महानगरपालिका–१६ मा बालाजु शाखा सञ्चालनमा ल्याएकोे हो । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले नयाँ शाखाहरुको उद्घाटन गरे । 

कार्यक्रममा सीइओ पाण्डेले नयाँ शाखाहरुबाट ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरु दिने बताए ।  बैंकले गत महिना काठमाडौंमा अनामनगर र शंखमूल तथा ललितपुरमा सातदोबाटो र भैंसेपाटी शाखाहरु सञ्चालनमा ल्याएकोे थियो । 

बैंकले हाल देशभरिमा २ सय ६८ शाखा, ६३ वटा एक्सटेन्सन काउन्टर, १ सय १३ वटा शाखा रहित बैंकिङ र २६२ वटा एटीएम मार्फत सेवा प्रदान गरिरहेको छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal