Skip to content
Prabhu

आज सुन–चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ खरिदबिक्री ?

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ सय र चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। 

बुधबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि १५ श्रपैयाँले घटेको छ। आज चाँदी प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको थियो। 

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ३० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal