Skip to content
Prabhu

घूस लिएको अभियोगमा नापी कार्यालय ललितपुरका नासुसहित पाँच जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका सर्वेक्षक रामवीर यादव र मालपोत कार्यालय ललितपुरका नासु प्रदीप पौडेल पाँचजनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

जग्गा कित्ताकाट गरी जग्गाधनी प्रमाणपत्र पुर्जा बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग २ लाख ५० हजार रुपैयाँ बराबर घूस लिँदै गरेको अवस्थामा गत माघ ९ गते पक्राउ गरिएको थियो । आयोगले सर्वेक्षक बस्नेत र नासु अधिकारीविरुद्ध २ लाख ५० हजार रुपैयाँ बराबरको बिगो दाबी गरेको छ ।

त्यसैगरी, आयोगले बिचौलिया विनोद अधिकारी, लेखापढी व्यवसायी आशीषराज बस्नेत र दिनेश बञ्जाराविरुद्ध  पनि मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal