Skip to content
Prabhu

आईएमई पेको नयाँ सुविधा, ‘स्मार्ट हेल्थ–सुरक्षित भव’ नामक डिजिटल बिमा फिचर

काठमाडौं । आईएमई पेले आईजीआई प्रुडेन्सियल इन्स्योरेन्ससँगको सहकार्यमा ‘स्मार्ट हेल्थ सुरक्षित भव’ नामक नयाँ बिमा सुबिधा सार्वजनिक गरेको छ । 

‘आइएमई पे’ मार्फत प्राप्त गर्न सकिने यो सेवाबाट ग्राहकले व्यक्तिगत दुर्घटना बिमाअन्तर्गत बिमित व्यक्ति र तिनका परिवारलाई आकस्मिक चोटपटक वा मृत्युसम्मको अवस्थामा उच्चतम आर्थिक सुरक्षा प्रदान गर्छ ।

मात्र ३ सय ६५ रुपैयाँमा प्राप्त गर्न सकिने यो सेवामार्फत उपचारको क्रममा लाग्ने २ लाख ३० हजार रुपैयाँसम्मको बिमा दाबी प्राप्त गर्न सक्नुका साथै बिमित व्यक्तिले आईएमई पे एपमा उपलब्ध अन्य स्वास्थ्य सेवामा पनि विभिन्न छुटहरू प्राप्त गर्न सक्ने छन् ।

यस व्यक्तिगत दुर्घटना बिमाले दुर्घटनाबाट हुने आकस्मिक मृत्यु, स्थायी असक्षमता, कुल आंशिक असक्षमता, नियमित आम्दानीमा हुने हानि, आकस्मिक चिकित्सा खर्च, शोक व्यय तथा अन्त्येष्टि खर्चहरू समेत समेटेको छ ।

डिजिटल फाइनान्सियल सर्भिस मार्फत बिमाको दायरालाई थप फराकिलो बनाउन सकिने र यो सेवा उक्त कार्यमा एउटा कोसे ढुंगा साबित हुने विश्वास लिएको आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal