Skip to content
Prabhu

हिँउले छपक्कै चन्द्रागिरी, केबलकार आज विहान ७ बजेदेखि राति ९ बजेसम्म खुल्ने, कति लाग्छ खर्च ?

काठमाडौँ । काठमाडौँलगायत आसपासमा पानी परेसँगै चन्द्रागिरी डाँडा हिउँले छपक्कै छोपिएको छ । हिउँले डाँडा सेताम्मे भएपछि चन्द्रागिरी घुम्न जानेलाई मध्यनजर गर्दै चन्द्रागिरी केबलकारले विहान ७ बजेदेखि राति ९ बजेसम्म केबलकार सञ्चालन गर्नेभएको छ ।

यसअघि सुरक्षा तालिम सञ्चालन गर्ने भन्दै विहान १० बजेदेखि बेलुका ६ बजेसम्म केबलकार सञ्चालन हुने जानकारी गराएको चन्द्रागिरी हिल्स लिमिटेडले हिउँ परेपछि तालिका पुनः परिमार्जन गरेको छ । सामान्यतयाः चन्द्रागिरी केबलकार विहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म र दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म मात्रै सञ्चालन हुँदै आएको थियो । शुक्रबार र शनिबार भने विहान ८ बजेदेखि राति ९ बजेसम्म केबलकार सञ्चालन भइरहेको थियो ।  

कति लाग्छ शुल्क ?

चन्द्रागिरी केबलकार चढ्नका लागि एक जना वयस्कका लागि ७९९ रुपैयाँ लाग्छ । साथै तीन फिट उचाइ भएका बालबालिकालाई शुल्क लाग्दैन  भने तीनदेखि चार फिटसम्म उचाइ भएका बच्चालाई ४० प्रतिशत छुट दिइन्छ । अपांगता भएकालाई ५० प्रतिशत, ६० वर्षभन्दा माथि र विद्यार्थीलाई २५ प्रतिशत छुट छ । असी वर्षभन्दा माथिकालाई टिकट शुल्क लाग्दैन । 

 विदेशीलाई २२ डलर र त्यसमा पनि चिनियाँलाई १५ डलर मात्रै लाग्छ । सार्क मुलुकका वयस्कका लागि १२८० र सार्क मुलुकका बच्चाका  लागि ७६० रुपैयाँ लाग्छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal