Skip to content
Prabhu

ग्रील तथा स्टील व्यवसायीहरूलाई व्यवस्थित गर्न ग्रीलग्राम सञ्चालन गर्नुपर्नेमा जोड

काठमाडौं । ग्रील तथा स्टील व्यवसायीहरूलाई व्यवस्थित ढंगबाट र सहरी सौन्दर्यतालाई कायम गर्न  सरकारले ग्रीलग्रामको व्यवस्था गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । ग्रील तथा स्टील व्यवसायी महासंघको प्रतिनिधिमण्डलले नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहसँगको छलफलमा यस्तो बताएका हुन् ।

सो अवसरमा नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष सिंहले लघु घरेलु तथा साना उद्योगहरूको उत्पादकत्व र क्षमता बढाउन सकेमात्रै अर्थतन्त्रलाई समृद्धिको बाटोमा अगाडि बढाउन सकिने भन्दै यस्ता उद्योगहरूको प्रवद्र्धन गर्न जरुरी भएको बताए ।

लघु घरेलु तथा साना उद्योगहरूको उत्पादकत्व र क्षमता बढाउन नेपाल घरेलु तथा साना उद्योग महासंघ र ग्रील तथा स्टील व्यवसायी महासंघसँग आगामी दिनमा सहकार्य गरिने पनि अध्यक्ष सिंहले बताए ।

ग्रील तथा स्टील व्यवसायी महासंघका अध्यक्ष ठूलोबाबु श्रेष्ठले सरकारी निकायहरूमा उद्योग दर्ता र नवीकरण प्रकृया झन्झटिलो भएको हुँदा सरल तरिकाबाट उद्योग दर्ता र नवीकरण गर्न सम्बन्धित निकायमा आवश्यक पहल गरीदिन आग्रह गरे ।

कोरोना एवं आर्थिक मन्दिको कारणबाट व्यवसायीहरूमा परेको आर्थिक समस्याको समाधानार्थ बैंकको उच्च ब्याजदरलाई न्यूनीकरण गर्न र विनाधितो सहुलियत दरको कर्जाको निमित्त सम्बन्धित निकायमा आवश्यक पहल गरिदिन पनि उनाले आग्रह गरे ।

ग्रील तथा स्टील व्यवसयीहरूले आयत गर्ने ठूला एवं साना मेसीन औजारहरूमा सरल तरिकाबाट न्यूनतम भन्सार शुल्कमा आयत गर्न सम्बन्धित निकायमा आवश्यक पहल गरी दिन पनि अध्यक्ष श्रेष्ठले आग्रह गरे ।

ग्रील तथा स्टील व्यवसायी महासंघमा आबद्ध ११ हजार व्यवसायीहरूको हक हितका निमित्त स्थापित एक मात्र छाता संगठन हो । यो क्षेत्रमा कार्यरत दक्ष र अर्धदक्ष गरी १ लाख ६० हजार मजदुलाई प्रत्यक्ष एवं परोक्ष रुपमा रोजगारी प्रदान गरिरहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

पूर्वधार विकासमा आवश्यक पर्ने र गृहस्त जीवनमा नभई नहुने सम्पूर्ण ग्रील जन्य सामानहरू फेब्रिकेटिङ गरेर आयातलाई प्रतिस्थापन गरी निर्याततर्फ उन्मुख रही पूर्वाधार निर्माण तथा विकास निर्माणमा सक्रिय योगदान पु¥याइरहेको उनले बताए ।

कार्यक्रममा ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष अमृतबहादुर श्रेष्ठ, प्रथम उपाध्यक्ष केदार अधिकारी, महासचिव विवेकदास श्रेष्ठलगायतको उपस्थिति थियो ।

नेपालभर सातै प्रदेश र ७७ वटै जिल्लामा आफ्नो संगठन विस्तार गरी सञ्जाल बनाउन अगाडी बढीराखेको ग्रील तथा स्टील उद्योग व्यवसायीहरूको पेशागत हकहित एवं मर्यादित व्यवसायको निमित्त समर्पित नेपाल घरेलु तथा साना उद्योग महासंघको वस्तुगत सदस्य ह

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal