Skip to content

७० लाखको लत्ताकपडासहित ट्रक नियन्त्रणमा

nabil bank

 

काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिका–२५ बहुअरीबाट यही फागुन १२ गते राति सशस्त्र प्रहरीले शङ्कास्पद विलबिजक भएको ७०  लाख रुपैयाँ बराबरको लत्ताकपडा र ट्रक नियन्त्रणमा लिएको छ ।

वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना८ख ३९७८ नम्बरको ट्रकमा लोड गरी ल्याउँदै गरेको लत्ताकपडाको  विलबिजक शङ्कास्पद देखिएपछि  प्रस्तावित सीमा सुरक्षा गुल्म अलौले ट्रकसहित  नियन्त्रणमा लिएको हो । 

लत्ताकपडाको ७० लाख र  ट्रकको अन्दाजी मूल्य  ४० लाख रुपैयाँ मूल्याङ्कन गरी  आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime