Skip to content
Prabhu

यती समूहका अध्यक्ष शेर्पाको आत्मकथा ‘हिम्बु’ सार्वजनिक

काठमाडौं । पर्वतारोही एवं  पर्यटन व्यवसायी एवं लाक्पा सोनाम शेर्पाबारे लेखिएको आत्मकथा ‘हिम्बु’ सार्वजनिक गरिएको छ । सगरमाथा आरोहण दलका पहिलो एक मात्रै जीवित सदस्य कान्छा शेर्पाले सो पुस्तक आइतबार लोकार्पण गरेका हुन् ।

शेर्पाले हिम्बुमा आफ्नो परिवारले कसरी देशको पर्यटन र उड्डयन व्यवसाय सञ्चालन गर्न के कस्ता संघर्ष गर्नुपर्यो ? सो कुरा वर्गन गरिएको छ । हिम्बुको अर्थ हिमालको छोरो हो । यती समूहका अध्यक्ष शेर्पाले ७  महादेशका सर्वोच्च शिखर आरोहण गरिसकेका छन् ।

यती एयरलाइन्स र तारा एयरका समेत अध्यक्ष शेर्पाको लगानी रहेको हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्छ । उनको होटल तथा रिसोर्टसहित पर्यटन क्षेत्रमा ठूलो लगानी रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal