Skip to content
Prabhu

सोमबार सुन–चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौं । नेपाली बजारमा सोमबार सुन प्रतितोला २ सय रुपैयाँले घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। 

आइतबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो।  

सोमबार चाँदी प्रतितोला ५ रुपैयाँले  घटेको छ। आइतबार प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ। 

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ३४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal