Skip to content
Prabhu

ई–सेवा लाइफ केयरः ५ लाख ३० हजारसम्मको आर्थिक सुरक्षा पाइने

काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक ई–सेवाले ई–सेवा केयरको सफलतासँगै ई–सेवा लाइफ केयर योजना सार्वजनिक गरेको छ । ई–सेवा लाइफ केयर एक टर्म लाइफ जीवन बिमा प्याकेज हो, जसले ५ लाख ३० हजार रुपैयाँसम्मको जीवन बिमाको ग्यारेन्टी गर्छ ।

यो जीवन बिमा योजना सन लाइफ इन्स्योरेन्स् र हिमालयन एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा सञ्चालन गरिएको हो । यस योजनामा ई–सेवा केयरमा जस्तै विभिन्न स्वास्थ्यसम्बन्धी सेवाहरूमा अफर तथा छुटहरूसमेत समावेश गरिएको छ । 

यस योजनामा वार्षिक ७ सय रुपैयाँदेखि सुरुवाती मूल्यमा ५ लाख ३० हजार रुपैयाँको लाइफ केयर प्रदान गर्छ । यस योजनाले सस्तो मूल्यमा १८ देखि ४५ वर्ष उमेरसम्मको बिमाका साथै अन्य स्वास्थ्य सुविधाहरू प्रदान गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।

उक्त योजनामा उमेरअनुसार प्रिमियम रकम पनि फरक हुनेछ । यसअघि दुर्घटना तथा बिरामी पर्दाको अवस्थालाई मध्यनजर गर्दै सार्वजनिक गरिएको ई–सेवा केयरलाई ग्राहकले अत्यधिक मन पराएपछि यसमा जीवन बीमा पनि समावेश गरि ईसेवा लाइफ केयर योजना सार्वजनिक गरिएको हो ।

ई–सेवा लाइफ केयर योजनामा टर्म लाइफ कभरेज २ लाख ५० हजार, दुर्घटना उपचार खर्च एक लाख, अस्पतालको बेड चार्जमा १० हजार, दुर्घटनाबाट भएको मृत्युमा एक लाख २० हजार, गम्भीर रोगको ५० हजार र ३० भन्दा बढी स्वास्थ्य र सौन्दर्य सम्बन्धित सेवामा ३५ प्रतिशतसम्म छुट प्राप्त गर्न सकिन्छ । ई–सेवा प्रयोगकर्ताले यो सेवा लिन सुरुमा ईसेवाको मोबाइल एप्पस अथवा वेबपेजमा जानुपर्नेछ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal