Skip to content
Prabhu

कामना सेवा विकास बैंकका ग्राहकलाई एसआर होटलमा १० प्रतिशत छुट

रुपन्देही । कामना सेवा विकास बैंकले रुपन्देहीस्थित द एसआर होटल एन्ड इभेन्ट्स प्रालिसँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ । यस सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरूले रेस्टुरेन्टको लजिङ र बिलमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । 

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरूले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ । हाल बैंकले १ सय ३५ शाखा र ७७ एटिएमबाट बैंकिङ सेवा दिँदै आएको छ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal