Skip to content
Prabhu

राष्ट्रिय वाणिज्य बैंकको संखुवासभाको पोखरीबजारमा २८७औं शाखा

 

संखुवासभा । राष्ट्रिय वाणिज्य बैंकले संखुवासभा जिल्लाको चैनपुर नगरपालिका–३ पोखरीबजारस्थित २८७औं शाखा कार्यालय पोखरीबजार विस्तार गरी कारोबार शुभारम्भ गरिएको छ । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलले आइतबार विधिवत् रूपमा उक्त शाखाको समुद्घाटन गरेका हुन् । 

उक्त अवसरमा न्यायाधीश हरिप्रसाद फुयाँलले बैंकहरुले आम जनताप्रति संवेदनशील भई आधुनिक बैंकिङ्ग सेवा प्रवाह गर्नुपर्ने र ग्राहकहरूले पनि बैंकिङ्ग अनुशासन भित्र रही बैंकिङ्ग कारोबार गर्नुपर्ने बताए । 

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले आम नागरिकमा वित्तीय पहुँच विस्तार गरिरहेको बताउँदै बैंकको वर्तमान अवस्थाको बारेमा प्रकाश पारेका थिए । शाखा कार्यालय पोखरीबजारको उद्घाटन पूर्व वित्तीय साक्षरतासम्बन्धी प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो ।

बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २ सय ८७ वटा शाखा कार्यालय, ३ सय ५ वटा एटिएम र ९८ वटा शाखारहित बैंकिङ रहेको छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal