Skip to content
Prabhu

सेञ्चुरीका सीईओ पक्राउपछि बैंकरमा त्रास, प्रोजेक्टमा आधारित कर्जा प्रवाह नहुँने

काठमाडौं । सेञ्चुरी बैंकमा कर्जा प्रवाहको विषयमा दुईजना पूर्व कार्यकारी सहित कर्मचारी पक्राउले बैंकिङ क्षेत्रमा त्रास उत्पन्न भएको छ । 

सेञ्चुरी बैंकले जनताको पैसा हिनामिना गरेका देउराली सहकारी संस्थाका संस्थाक र उनका कम्पनीलाई २ अर्ब २२ करोड रुपैयाँ ऋण दिएको थियो । २०७७ सालमा दिएको ऋण सहकारीमा देखिएको संकटसँगै 

पूजा मार्केटिङ, पूजा ट्रेडिङ एन्ड मार्केटिङ, थ्री ब्रदर्स मार्केटिङ र अन्नपूर्ण डिष्टिलरीलाई सो कर्जा दिएको थियो । देउराली सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईँ हुन् । उनले सहकारीमा भएको निक्षेप समेत आफ्नो कम्पनीमा चलाएका थिए । 

सहकारीमा देखिएको संकटसँगै बैंकबाट लिएको ऋण तिर्न उनले सकेका थिएनन् । सेञ्चुरी अहिले प्रभु बैंकमा मर्ज भएको छ । 

प्रकाउ पर्नेमा अहिलेका प्रभु बैंकका सिनियर डेपुटी सीईओ मनोज न्यौपाने र सेञ्चुरी बैंकका पूर्व सीईओ तुलसीराम गौतम हुन् । गौतम शुसासनको सवालमा अब्बल बैंकरको रुपमा चिनिएका थिए । 

नेपाल प्रहरीका केन्द्रीय अनुसन्धान ब्युरो(सीबीआई)ले कमसल धितोको आधारमा सीइओ सहित कर्मचारीलाई पक्राउ गरेको उल्लेख गरेको छ । 

तर,घटनापछि बैंकरहरु भने सबै त्रासमा छन् । प्रोजेक्टमा आधारित कर्जामा ऋण अनुसारको धितो भने हुँदैन । 

नबिल बैंकका डेपुटी सीईओ मनोज ज्ञवालीले सेञ्चुरीको केसमा पक्राउ केसले बैंकिङ क्षेत्रमा त्रास फैलिएको बताएका छन् । 

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै ज्ञवालीले भनेका छन्,‘यस्तो केसमा बैंकरलाई पक्राउ गर्ने हो सबै जेलमा हुन्छन्, जसलाई मन लाग्छ एकहप्ता फाइल खोजेर टप्प लगेर जेल लगेर हाले हुन्छ,’ज्ञवालीले भनेका छन् । 

उनले विगतमा पनि यस्तै केसमा बैंक अफ काठमाण्डू(बिओके)का तत्कालिन सीइओ अजय श्रेष्ठलाई पक्राउ गरिएको भन्दै घरजग्गा बाहेक प्रोजेक्टबेस कर्जा दिन नसकिने बताए । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal