Skip to content
Prabhu

एनआईसी एसिया बैंकको ५ लाख १३ हजार कित्ता सेयर बिक्रीमा

 

काठमाडौं । एनआईसी एसिया बैंकको ५ लाख १३ हजार ३ सय २५ कित्ता सेयर लिलामी बिक्रीमा राखिएको छ ।

यो सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले पनि प्रतिकित्ता २ सय ८ रुपैयाँभन्दा बढी हुने गरी शिलबन्दी बोलपत्र आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले  कम्तीमा १ हजार कित्ताका लागि आवेदन दिनुपर्ने बिक्री प्रवन्धक एनआईएमबी एस क्यापिटलले जनाएको छ । इच्छुक लगानीकर्ताले फागुन २७ गते २ बजेभित्र क्यापिटलको कार्यालय लाजिम्पाटमा आवेदन दिन सक्नेछन् । 

आवेदनका साथ सो रकम बराबरको गुड फर पेमेन्ट चेक संलग्न गरी शिलबन्दी बोलपत्र दिनुपर्ने क्यापिटलले जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal