Skip to content
Prabhu

बुधबार महाराजगञ्जका केही ठाउँमा विद्युत सेवा अवरुद्ध हुने

काठमाडौं ।  काठमाडौंको महाराजगञ्ज क्षेत्रका केही ठाउँमा बुधबार विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरण, महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कामका लागि केही समय सेवा बन्द गर्न लागिएको हो ।

आज महाराजगञ्जको मिनिसोदेखि पञ्चकन्या स्कुलसम्मको क्षेत्रमा विद्युत प्राधिकरणका अनुसार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत सेवा अवरुद्ध हुनेछ ।

यस्तै, सोही वितरण केन्द्रअन्तर्गत १७ गते गोंगबु, सामाखुसी, टाउन प्लानिङ क्षेत्र, १८ गते चपली घुम्ती चोक र पासिकोट क्षेत्र, १९ गते हेपालीहाइटदेखि धापासी विद्यालय हुँदै दाहाल गौंडासम्मको सेवा ४ घण्टाका लागि बन्द हुनेछ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal