Skip to content
Prabhu

महाशिवरात्रिको अवसरमा बन्दीपुर केवलकार एण्ड टुरिजमले भगवान् शिवको मूर्तिको प्राण प्रतिष्ठा सम्पन्न गर्दै

काठमाडौं । महाशिवरात्रिको अवसरमा बन्दीपुर केबलकार एण्ड टुरिजमले भगवान् शिवको मूर्तिको प्राण प्रतिष्ठा सम्पन्न गर्ने भएको छ ।

 फागुन २५ गते महाशिवरात्रिको पावन अवसरमा बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले  केबलकार चोक, ठूल्ढुङ्गा, बन्दीपुर (बटम स्टेसन) मा भगवान् शिवको मूर्तिको प्राण प्रतिष्ठा तथा अभिषेक कार्यक्रम आयोजना गरेको छ ।  उक्त दिनमा भजनसहित शिव धुनी कार्यक्रम पनि हुने हुँदा भक्तहरू र स्थानीयहरूलाई उक्त कार्यक्रमको उत्सवमा सामेल हुँदै महाशिवरात्रिले ल्याउने दिव्य ऊर्जामा सहभागी हुन र अभिषेक समारोहको साक्षी हुन कम्पनीले आमन्त्रितसमेत गरेको छ ।

यो धार्मिक कार्यक्रम मात्र नभई समुदायलाई नै एकताबद्ध हुन, एकता र साझा आध्यात्मिकताको भावना जगाउने माध्यम पनि रहेको हुँदा यस कार्यक्रमले विभिन्न समुदायका मानिसहरूलाई आकर्षित गर्ने अपेक्षा समेत कम्पनीले गरेको छ ।

कम्पनीले जारी पुँजी २ अर्ब ५५ करोड रुपैयाँको १२ प्रतिशतले हुन आउने रकम ३० करोड ६० लाख बराबर रुपैयाँको १०० अङ्कित रुपैयाँ दरमा ३० लाख ६० हजार कित्ता सेयर मध्य २ प्रतिशत स्थानीय, २ प्रतिशत प्रवासी नेपाली, सामूहिक लगानी कोष तथा कम्पनीका कर्मचारीहरूलाई छुटाइ बाँकी रहने सेयर सर्वसाधारणहरूमा निष्कासन गरी आइपीओ बिक्री गर्ने कम्पनीका सचिवले बताएको छ ।  साथै बन्दीपुर केवलकार २०८१ वैशाख १ गते देखि सञ्चालनमा ल्याउनका निमित्त तयारी व्यापक रूपमा अगाडि बढिरहेको समेत उनले बताए।

सो परियोजनाको निर्माण कार्य ९० प्रतिशत सम्पन्न भइसकेको र सो परियोजना दक्षिण एसियामा नै मौलिक परियोजना भएको कम्पनीले दाबी गरेको छ । परियोजनाको लागत ३ अर्ब ५८ करोड रुपियाँ रहेकोमा बैंक ऋण १ अर्ब ३ करोड  रहेको कम्पनी का वित्तीय निर्देशक शिव प्रसाद शर्माले बताए।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal