Skip to content
Prabhu

पुँजीगत खर्च बढ्न नसक्नु चिन्ताको विषयः महासचिव पोखरेल

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले सरकारले पुँजीगत खर्च बढाउननसक्नु चिन्ताको विषय भएको बताएका छन् । आज पार्टी कार्यक्रमका लागि महोत्तरी जानुअघि जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीमाझ कुराकानी गर्दै महासचिव पोखरेलले पुँजीगत खर्च बढ्न नसक्दा आवश्यक विकास हुन नसकेको बताए।

‘पुँजीगत खर्च बढाउन सकिएको छैन । कर्मचारीको तलब दिन पनि ऋण लिन पर्ने अवस्था छ’, उनले भने । उनले सुशासनलगायतका विषयमा पनि सरकारको ध्यानाकर्षण गराए । ‘अब राष्ट्रियसभाको अध्यक्षको निर्वाचन आउँदैछ । यस विषयमा एमालेको कुनै चासो छैन । हामी बेथितीविरूद्ध खबरदारी गरिरहन्छौँ’, पोखरेलले भने । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal