काठमाडौं । शुक्रबार नेपाली बजारमा सुन प्रतितोला ६ सयले बढेको छ भने चाँदीको १५ रुपैयाँले मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १९ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
बिहीबार प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १ हजार ३ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ४४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्