Skip to content
Prabhu

एसियन लाइफको १६औं साधारणसभाद्वारा लाभांश र हकप्रद प्रस्ताव पारित

काठमाडौं ।  एसियन लाइफ इन्स्योरेन्सको १६औं वार्षिक साधारणसभाबाट लाभांश वितरण र हकप्रद जारी गर्ने प्रस्ताव पारित गरी होटल क्लासिक सिमरामा सम्पन्न भएको छ।

१६ औं वार्षिक साधारणसभाले चुक्ता पूँजीको ७.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४० प्रतिशतले हुन आउने १ करोड २८ लाख ७० हजार ३ सय ५ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको हो । 

यस्तै सभाले बोनस सेयर वितरणपछि कायम हुने ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँको ४२ प्रतिशत अर्थात् १ः०.४२ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।

सेयर संरचना परिवर्तनपछि सञ्चालक समिति संरचना परिवर्तन गर्न लागि सञ्चालक समितिमा संस्थापक समूहबाट ३, सर्वसाधारण समूहबाट २ र एक जना स्वतन्त्र सञ्चालक रहने गरी ६ जनाको सञ्चालक समिति कायम रहने एवं सोहीबमोजिम नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि साधारणसभाबाट पारित भएको छ। 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal