Skip to content
Prabhu

माछापुच्छ्रे बैंकले ल्यायो डिजिटल कारोबार असफल भए रिपोर्ट गर्न मिल्ने सुविधा

काठमाडौं । माछापुच्छ्रे बैंकले डिजिटल कारोबारमा असफल भए मोबाइल बैंकिङ एप–वेबसाइटमार्फत बैंकमा रिपोर्ट गर्न मिल्ने सुविधा सञ्चालनमा ल्याएको छ। सो बैंकले डिजिटल माध्यमबाट भएका कारोबारमध्ये कुनै कारोबार असफल भएको अवस्थामा उक्त असफल कारोबारलाई मोबाइल बैंकिङ एप–वेबसाइटमार्फत बैंकमा रिपोर्ट गर्न मिल्ने सुविधा सञ्चालनमा ल्याएको हो। 

जसअन्तर्गत असफल भएको कारोबारलाई रिपोर्ट गरी सो रिपोर्टको प्रोग्रेस कुन चरणमा पुगेको छ भन्ने कुराको अपडेट हेर्न समेत सकिने बैंकले जनाएको छ।  साथै असफल कारोबारको समस्या समाधानपश्चात् रकम फिर्ता भएको जानकारी मेसेज र इमेलबाट ग्राहकलाई गराइने पनि बैंकले विज्ञप्ति जारी गरी बताएको छ। 

विज्ञान र प्रविधिका अनेकन आयामहरूलाई प्रयोगमा ल्याई आफूलाई स्मार्ट बैंकको रूपमा परिचित गराइरहेको बैंकले असफल डिजिटल कारोबारहरू बैंकसम्म नआइकनै जहाँकहीँ बसेर बैंकमा जानकारी गराई असफल कारोबारको रकम खातामा फिर्ता लिनको लागि ग्राहक बैंकसम्म आउनुपर्ने, फोन गरिरहनुपर्ने झन्झटबाट मुक्त गराउन यस्तो सुविधा प्रदान गरेको बैंकको भनाइ छ।

यसअन्तर्गत ग्राहकले आफ्नो मोबाइल बैंकिङ एपको प्रयोग गरेर स्टेटमेन्ट बटनमा गई असफल कारोबारको बारेमा रिपोर्ट गर्न सक्ने पनि उल्लेख छ। यसरी ग्राहकको रिपोर्ट प्राप्त भएपछि बैंकले उक्त कारोबारको बारेमा आवश्यक प्रक्रिया अगाडि बढाउने र असफल भएको प्रमाणको आधारमा ग्राहकको खातामा सम्बन्धित रकम आफैँ फिर्ता गर्ने पनि जनाइएको छ। 

स्मार्ट बैंकको रूपमा बैंकले ग्राहकहरूलाई सहज र सुरक्षित डिजिटल भुक्तानीका माध्यम तथा उपकरणहरू प्रदान गर्दै आएको र विभिन्न डिजटिल बैंकिङ सेवा सुविधाहरू प्राप्त गर्न बैंकको कार्यालयसम्म पुग्नै नपर्ने गरी सेवासमेत प्रदान गरिरहेको बताएको छ। 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal