Skip to content
Prabhu

ग्लोबल आइएमई बैंकका दुईवटा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले थप २ स्थानबाट शाखारहित बैंकिङ सेवाको शुभारम्भ गरेको छ । बैंकले गण्डकी प्रदेशअन्तर्गत तनहुँ जिल्लाको बन्दिपुर गाउँपालिका–६, हुस्लाङ र बन्दीपुर गाउँपालिका–६, साराङ्गघाटमा शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । यी दुई नयाँ शाखा रहित बैंकिङ्ग सेवाको सञ्चालनसगैं बैंकका शाखारहित बैंकिङ सेवाको सङ्ख्या २७७ पुगेको छ । 

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३  सय ५४ शाखा कार्यालय, ३ सय ७९ एटिएम, २ सय ७७ शाखा रहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन

काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १ सयभन्दा बढी सेवा केन्द्र छन् । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal