Skip to content
Prabhu

राष्ट्र बैंकमा राखे बैंक–वित्तीय संस्थाले १ दिनमै सवा खर्ब निक्षेप

काठमाडौं । आइतबार १ दिनमै बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकमा सवा खर्ब रुपैयाँ निक्षेप राखेका छन् । बैंक तथा वित्तीय संस्थाले आइतबार मात्रै १ खर्ब २३ अर्ब ८० करोड रुपैयाँ निक्षेप राखेका हुन् । 

बैंक तथा वित्तीय संस्थाले बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि धमाधम केन्द्रीय बैंकमा निक्षेप राख्न थालेका छन्। गत फागुन १ गतेबाट केन्द्रीय बैंकले स्थायी निक्षेप संकलन सुविधा कार्यान्वयनमा ल्याएको थियो । उक्त सुविधा ल्याएपछि हालसम्म बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैंकमा ४ खर्ब २१ अर्ब निक्षेप राखिसकेका छन् । 

बैंक तथा वित्तीय संस्थाले ३ प्रतिशत ब्याजदरमै उक्त निक्षेप जम्मा गरेका हुन् । यसरी राखेको रकम ४ दिनसम्म झिक्न मिल्दैन ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal